म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने अरु दर्जनौ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । म्यानमारको व्यावसायिक राजधानी यङ्गुनमा सेनाको एउटा ट्रक प्रदर्शनकारीमाथि कुदाइँदा उनीहरुको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । फेब्रुअरीमा सेनाको कू पछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ । पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ ।