काठमाडौँ। उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फर्किएका छन्। कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका पौडेल र गुरूङ राप्रपामा फर्किएका हुन्।
उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका हुन्। महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल व्युँताएका थिए।