उपराष्ट्रपति पुनले गरे मध्यपुर थिमिको भैरव नाच अवलोकन

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले भक्तपुरको मध्यपुर थिमिस्थित लायकु भैलः नाच अवलोकन गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारीमा शनिबार राति पुगेर उनले करिब एक घण्टासम्म नाच अवलोकन गरेका हुन् । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाच अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वमध्ये पहिलो हुन् । यो नाच प्रत्येक […]

सम्बन्धित सामग्री

रातभर ऐतिहासिक नाच

मध्यपुर थिमिमा भैल प्याखः (भैरव नाच), महाकाली, नीलवाराही, इन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका देवगण नाच प्रदर्शन सुरु भएको छ । झन्डै चार दशक बन्द हुन पुगेको यी नाचलाई मध्यपुरवासीले २०७२ सालमा ब्युँताएका थिए । थिमिको लायकु (दरबार) बाट निस्किने भैल प्याखः को अवलोकन गर्न शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनसमेत पुगेका थिए ।

भैरव नाच हेर्न पुगे उपराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले लायकू भैलः नाचको अवलोकन गरेका छन् । नाच अवलोकन गर्न उनी शनिबार राति भक्तपुरको मध्यपुर थिमिस्थित बालकुमारी मन्दिरको डबलीमा पुगेका थिए । उनले करिब एक घण्टासम्म नाच अवलोकन गरेको जनाइएको छ । गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा छ । ने.सं ६३३ सालमा...

उपराष्ट्रपतिद्वारा भैरव नाच अवलोकन

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । शनिबार राति मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुग्नुभएका उहाँले एक घण्टासम्म नाच अवलोकन गर्नुभएको थियो । उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिनुभएको […]

भैल प्याख: सुरु

मध्यपुर थिमिमा भैल प्याख: (भैरव नाच) सुरु भएको छ । शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनले भैल प्याख:को अवलोकन गरेका छन् । शनिबार साँझ लाय्कुबाट निक्लिएको नाच बालकुमारी मन्दिर प्राङ्गणमा उपराष्ट्रपति पुनलाई अवलोकन गराएको थियो ।