भारतीय गोलभेँडा भित्रिँदा किसान मारमा

गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपियाँमा बिक्री गरिरहेका छन् ।

सम्बन्धित सामग्री

गोलभेँडा बिक्रि नहुदा किसान मर्कामा, ऋणको व्याज पनि तिर्न नसक्ने

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि उत्पादन भएका गोलभेँडा बिक्रि नहुँदा बारी मै कुहिन थालेका छन् । व्यवसायी र खुद्रा ग्राहक कोहीपनि नआउँदा गोलभेडा खेतमै कुहिएको हो । सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारी चल्न दिने भनेपनि व्यवहारमा त्यसो नहँुदा किसानहरु मारमा परेका छन् । बैकबाट लिएको ऋणको व्याज तिर्न नसक्ने अवस्था आएको गुनासो उनीहरुको छ।

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन । चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ । ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी ४ रुपैयाँमा बारीबाटै लैजानुस् भन्दा पनि ग्राहक आएनन्,’ उनले भने । उत्पादित गोलभेँडा बारीमै कुहिएर खेर जाने भएपछि सित्तैमा लैजान अनुरोध गरिएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी किसानले गोलभेँडा टिप्नै छाडेको बताउँछन् । ‘गोलभेँडा बेचेर लागतको त कुरै छाडौँ, टिपाइ खर्च र बजारसम्म लैजान खर्च समेत उठ्दैन,’ उनले भने, ‘यस्तोमा गोलभेँडा टिपेर के फाइदा ?’ कतिपय किसानले प्रतिक्रेट गोलभेँडा मुश्किलले १०० देखि २०० रुपैयाँमा बेचिरहेको उनको भनाइ छ । हाल भरतपुर महानगर तरकारी बजारमा गोलभेँडा प्रतिकिलो १० देखि २० रुपैयाँमा विक्री भइरहेको त्यहाँका व्यवसायीहरू बताउँछन् । महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेँडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेँडा एकैपटक बजारमा आएकाले भाउ नपाएको बताए । यसपटकको सिजनमा चितवनमा गोलभेँडाको उत्पादन बढेको र मौसमका कारण एकैचोटि पाकेकाले बजार पाउन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । ‘गोलभेँडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न,’ उनले भने, ‘तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ पाउन समस्या भएको हो ।’ परियोजनाको तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेँडा उत्पादन भइरहेको छ । चितवनमा दैनिक तीन टन गोलभेँडा खपत हुन्छ । बाँकी उत्पादन सस्तो मूल्यमा पोखरा, काठमाडौंलगायत बजारमा गइरहेको छ । गोलभेँडाबाहेक चितवनमा अन्य तरकारीको भाउ भने पछिल्लो एक महीना अवधिमा २० देखि ३० प्रतिशतसम्म बढेको छ । अहिले किसानको बोडी बारीबाटै प्रतिकिलो १२० रुपैयाँ र घिउसिमी प्रतिकिलो ११० रुपैयाँमा विक्री भइरहेको छ । एक महीनाको बीचमा करेला, खुर्सानी, भेडेखुर्सानी, मूला, गाजर, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि १० देखि १५ प्रतिशतसम्म बढेको छ । उत्पादन कम भएका तरकारीको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम हुने सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’

गोलभेंडाको मूल्य निरन्तर ओरालो लाग्दा सर्लाहीका किसान चिन्तित

सर्लाही : गोलभेँडाको मूल्य आधाले घटेपछि सर्लाहीका किसान मारमा परेका छन्। केही दिन अघिसम्म यहाँका किसानले गोलभेँडा प्रतिक्रेट एक हजार भन्दा बढीमा बिक्री गरेका थिए। अहिले किसानले गोलभेँडा एक क्रेटको ४५० देखि पाँच सय रुपैयाँमा बेच्न बाध्य भएका छन्। यसरी निरन्तर मूल्य ओरालो लाग्दा किसान उत्पादन लागत नै नउठ्ने हो कि भन्ने चिन्तामा छन्। गोलभेँडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको हरिवन नगरपालिका–३ डाबरीका किसान पदम आले मगरको गुनासो छ। ‘१५ कठ्ठा जमिनमा लगाएको गोलभेँडामध्ये भर्ख

एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो, किसान मारमा

गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसान एक सातामै गोलभेँडाको मूल्य आधाले घटेपछि मारमा परेका छन् । उत्पादनको मध्ययाममा गोलभेँडाको मूल्य ह्वात्तै घटेको हो । एक साता अघिसम्म यहाँका किसानले गोलभेँडा प्रतिक्रेट एक हजार भन्दा बढीमा बिक्री गरेका थिए । आज किसानले गोलभेँडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गरिरहेका छन् । यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेँडाको उत्पादन लागत नै नउठने अवस्था आएको किसानको गुनासो छ । गोलभेँडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान उदय पाख्रिनले गुनासो गर्नुभयो । ‘पाँच बिघामा लगाएको गोलभेँडामध्ये भर्खर ३०-३५ हजार रुपियाँको बेचेको छ तर बजारमा मूल्य आधा भन्दा बढीले घटिसक्यो’, पाख्रिनले निराश हुँदै भन्नुभयो, ‘यसैगरी दिनहुँ मूल्य घट्यो भने उत्पादन लागत समेत उठ्ने अवस्था छैन् ।’ थोरै उत्पादन हुँदा किसानले गोलभेँडाको राम्रो मूल्य पाएपनि अहिले अत्यधिक उत्पादन हुन थालेपछि मूल्य घटेको हो । उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझै ओरालो लाग्ने अवस्था रहेको किसानहरुले बताएका छन् । सुरुमा थोरै उत्पादन हुँदा र खेती सक्किने बेला राम्रो मूल्य पाएपनि यो समयमा बर्सेनि गोलभेँडाको मूल्य घट्ने गरेको हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले बताउनुभयो ।‘बजारमा धेरै भित्रिएको बहानामा व्यापारीले हरेक वर्ष यो समयमा गोलभेँडाको मूल्य घटाउँदा किसान मारमा पर्ने गरेका छन्’, उहाँले भन्नुभयो ।

ढुवानी सहज नहुँदा उपभोक्ता र किसान मारमा

धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासका धरमेश्वर महतोले घर छेउकै खेतमा दस कट्ठामा गोलभेँडा बाली लगाउनुभएको छ । यो फल्दा विगतका झैँ यस वर्ष पनि एक सिजनमा दुई लाख ५० हजारसम्म बचत हुने उहाँले अनुमान थियो । पहिलो लटमा एकै दिन करिब एक क्विन्टल गोलभेँडा टिप्दा राम्रो बजारसँगै उचित मूल्य पाउनुभयो तर त्यसपछिका दिन भने उहाँका लागि अभिशाप नै बने ।

बिचौलियाको मारमा किसान : एक करोडको गोलभेँडा बोटमै कुहियो - Naya Patrika

बिचौलियाका कारण जिल्लाका किसानहरू मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् । जिल्लामा एक करोडभन्दा बढीको गोलभेँडा बोटमै...पूरा पढ्नुहोस् »