सुर्खेत : कात्तिक १७ गते मध्य रात गएको भूकम्पले नलगाड नगरपालिका –८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ। घरको आधा भाग भत्किएपनि जोखिम मोलेर पशुचौपाया देखि केही घरियासी सामानहरू घरभित्र राख्ने गरिएको छ। परिवारका सदस्यहरू खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन्।विभिन्न निकायबाट प्राप्त १ थान त्रिपाल र घरमै रहेको कपडाको सहारामा यो परिवारले खुला आकाशमा चिसो तथा अभावसँग संघर्ष गरिरहेको छ। खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठ देखि अन्य सामान निकाल्न १ लाख भन्दा बढी खर्च हुने अन