आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीबाट एक हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । ०७५ साल माघ महिनामा श्रम तथा रोजगार कार्यालय स्थापना भए यता कर्णालीबाटै पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनि बढ्दै गइरहेको हो ।श्रम तथा रोजगार कार्यालयका अनुसार गत आवमा एक हजार ८४६ जना पुरुष र ४० महिलाले पुनः श्रम स्वीकृति लिएका छन् । श्रम तथा रोजगार कार्यालयका प्रमुख सुनिता दर्लामीका अनुसार कार्यालय स्थापना भएदेखि अहिलेसम्म ५ हजार ५१३ जनाले पुनः श्रम स्वीकृत