पेटमा ग्यास भरिने समस्याले धेरैलाई सताएको छ । प्रायः ग्यासको समस्या केही समयपछि आफै ठिक पनि हुन्छ । त्यसैले मानिसहरु यो समस्यालाई गम्भीर रुपमा लिने गर्दैनन् । विशेषगरी, ग्यासको समस्याले सताएमा यसको उपचारको रुपमा घरेलु विधि अपनाउने गरिन्छ । कहिलेकाँही ग्यासको समस्या धेरै दिनसम्म रहँदा धेरै गाह्रो हुने गर्छ । जीवनशैली र खानामा परिवर्तन गर्दै जाने हो भने यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसभन्दा अगाडि ग्यासको समस्या के कारणले हुन्छ भन्ने कुरा जान्न आवश्यक छ । केही व्यक्तिहरुलाई कुनै विशे