काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गर्नुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बिम्स्टेकमा अहिलेसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचार/विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको चार दिने परिचयात्मक भ्रमणमा रहनुभएका महासचिव लेकफेललाई प्रधानमन्त्रीले बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने...