प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विम्स्टेक)जस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने र बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताउनुभएको छ । आज प्रधानमन्त्री देउवासंग बिम्स्टेकका महासचिव तेन्जिङ लेकफेलले गर्नुभएको शिष्टाचार भेटमा उहाँले सो प्रतिबद्धा जनाउनुभएको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी …