कपिलवस्तुको कृष्ण नगरपालिकाका नगर प्रमुख नेपाली काँग्रेसमा प्रवेश

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार काँग्रेस प्रवेश गरेका हुन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा स्वागत गरेका थिए ।यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि माओवादीमा प्रवेश गर्ने चर्चा रहेका उनी त्यसयता मौन रहँदै आएका थिए । शाह ला

सम्बन्धित सामग्री

कपिलवस्तुको तौलिहवामा नमुना मतदान

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान गरिएको छ।

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारम

२ असोज, काठमाडौं । भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ हालै बजारमा आएको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ । यो बुद्धको जीवनी होइन तर […]

‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा

उपन्यासकार भिक्टर प्रधानद्वारा लिखित ‘बिडुडभ र कपिलवस्तुको पतन’ कृति बजारमा आएको छ । वी रिडले प्रकाशनमा ल्याएको सो उपन्यासमा बुद्ध कालका ऐतिहासिक घटनालाई मुख्य विषयवस्तु बनाइएको छ ।उपन्यासमा बुद्धको जन्मस्थल कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । यसमा कपिलवस्तुको वैभवशाली गौरवको इतिहासको विस्तृत जानकारी समेटिएको छ भने शाक्य वंशको विनाशको मुख्य कारण र जातीय रक्तशुद्धिको घटना प्रस्तुत गरिएको छ । उपन्यासभित्र बुद्ध झल्याकझुलुक देखा पर्छन् तर उनको जीवनीका रूपमा होइन । शाक्य वंशको विन

कपिलवस्तुको महाराजगंजमा कांग्रेसका कलाम दोश्रो कार्यकालका लागि निर्वाचित

कपिलवस्तुको महराजगंज नगरपालिकामा कांग्रेसका अब्दुल कलाम दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्।...

कपिलवस्तुको बुद्धभूमि र कृष्णपुरमा कांग्रेस विजयी

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको  प्रमुख र उपप्रमुखमा कांग्रेसका केशव कुमार श्रेष्ठ र मीरा थारु निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पिताम्बर खनाललाई ७ सय ८८ मतान्तरले पराजित गर्दै...

कपिलवस्तुको यशोधरामा एमाले विजयी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् । तिवारीले ४ हजार ४ सय ६२ मत...

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ।...

कांग्रेस कपिलवस्तुको अधिवेशन स्थगित

कपिलवस्तु कांग्रेसले तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुको संघीय प्रतिनिधिसभाको अधिवेशन मंगलबार हुने भनिएपनि प्राविधिक कारणले अधिवेशन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत घनश्याम...