विराटनगरमा ६ वडामध्ये ३ वडामा एमाले विजयी

विराटनगर । विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ । सम्पन्न भएका वडाहरूमा १, २, १६, १७, १८ र १९ रहेको छ ।  मतगणना सम्पन्न भएका वडाहरूमध्ये ३ वटामा एमालेले जितेको छ । काँग्रेस, जसपा र स्वतन्त्रले १/१ वडामा जित निकालेका छन् । विराटनगर १ को वडाध्यक्षमा एमालेका काजीबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन नेउपानेले १५९१ मत पाएका छन् । यसैगरी विराटनगर २ नं. वडाको वडाध्यक्षमा पुनः एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनल

सम्बन्धित सामग्री

विराटनगर महानगरका ६ वडाको मतगणना सम्पन्न, तीनमा एमाले विजयी

विराटनगर : १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो।मुख्य निर्वाचन कार्यालयले  सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विराटनगरमा एमाले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडामा वडाअध्यक्ष जितेका छन्।मंगलबार विहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका जितबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन्।