विराटनगर महानगरका ६ वडाको मतगणना सम्पन्न, तीनमा एमाले विजयी

विराटनगर : १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो।मुख्य निर्वाचन कार्यालयले  सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विराटनगरमा एमाले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडामा वडाअध्यक्ष जितेका छन्।मंगलबार विहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका जितबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन्।