अर्थविद् एवं नेकपा (एमाले) अर्थ विभागका सचिव डा गोविन्दबहादुर थापाको निधनप्रति नेता एवं बुद्धिजीवीले दुख व्यक्त गरेका छन् । थापाको निमोनिया र फोक्सोको इन्फेक्सनका कारण मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्र, काठमाडौँमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ परिवारका अनुसार कोरोना संक्रमण देखिएपछि एक महिनाअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । तीन साताअघि …