दशैँ विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्दै, २ वटा प्रदेशमा भने सार्वजनिक विदा

एक साताको दशैँ विदापछि आज असोज २३ गते आइतबारबाट सरकार कार्यालयहरु खुल्ने भएका छन् । ८ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्ने भएका हुन् । ६ दिन दशैँ विदा र २ दिन शनिवारको विदा गरि यसपटक दशैँमा ८ दिन लगातार सार्वजनिक विदा परेको थियो । तर २ वटा प्रदेशले भने आज असोज २३ गते आइतबार सार्वजनिक विदा दिएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिएका हुन् ।गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिएको हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो । 

सम्बन्धित सामग्री

चुनावमा दुई दिन सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ ।गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर […]

चुनावको दिन र भोलिपल्ट सार्वजनिक विदा

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने …

मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । मोरङ ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

स्व. सत्यमोहन जोशीको शोकमा आज सार्वजनिक विदा

काठमाडौं : संस्कृतिविद् स्व. सत्यमोहन जोशीको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिएको छ।जोशीको निधनमा शोक व्यक्त गर्न एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको जनाएको छ। संस्कृतिविद् जोशीको १ ०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा

पर्वत : गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ।प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।गण्डकी प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू असोज २४ गते सोमबा

आइतवार सार्वजनिक विदा

चैत २६,काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतवार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिवार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा मुलुकभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । सरकारको गत  फागुन २४ गते मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भोलि सार्वजनिक विदा

२६ चैत्र, सुर्खेत । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको सूचना

तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा

काठमाडाैं ।  सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ । The post तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तमु ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

कर्णालीमा भदौ ४ गते सार्वजनिक विदा

सिमकोट– कर्णाली सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन्। मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत भनिएको छ। कर्णाली प्रदेश प्राप्तिका लागि  […]