तरकारीसँगै बाढीले बगायो संगीताको छोरा पढाउने सपना

काठमाडौं :  सोमबार मध्यान्हको समय, हिलोमा लतपतिएका शरीर, बाढीमा डुबेका तरकारी आडैमा राखी पसलभित्र पसेको बालुवासहित हिलो बाहिर फ्याँक्नमै व्यस्त देखिन्थे– बल्खुस्थित फलफूल तथा तरकारी बजारका व्यापारी।  गएराति परेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभाग डुबानमा परे। डुबानबाट बल्खुस्थित  फलफूल  तथा तरकारी बजार पनि अछुतो रहन सकेन। रातिको २ बजेको थियो। बाहिर झमझम पानी परिरहेको थियो।तरकारी पसल खोल्न संगीता पौडेल छाता ओढेर पसल पुगि