गाईजात्रा पर्व सामान्य ढंगले मनाउन भक्तपुर नगरपालिकाको अनुरोध

भक्तपुर नगरपालिकाले कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न  सबैमा अनुरोध गरेको छ ।नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरू र जनप्रतिनिधिहरुसहितको बैठकले सो निर्णय गरेको हो । बैठकले सापारुको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन समेत अनुरोध गरेक

सम्बन्धित सामग्री

सापारू (गाईजात्रा) औपचारिकतामा सीमित गरी मनाउने नगरपालिकाको निर्णय

भक्तपुर नगरपालिकाकाले यस वर्षको साःपारु अर्थात् गाईजात्रा विसं २०७८ सामान्य औपचारिकता निर्वाह गरेर मात्रै मनाउने निर्णय गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको छलफलमा यस्तो निर्णय भएको प्रजापतिले जानकारी दिनुभयो ।           विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण काठमाडौँ उपत्यकालगायत देशैभरि दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दिनदिनै बढिरहेकाले मृत्यु संस्कारका रूपमा ऐतिहासिक कालदेखि मनाउँदै आएको गाईजात्रा पर्व यस वर्ष सापारु अर्थात् गाईजात्रा अवधिभर घिन्ताङ्घिसी र अन्य सांस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा मात्रै सीमित गरेर मनाउन दाफा भजन, सांस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।