काठमाण्डौ – काठमाण्डौ महानगरकाे फोहोर दश दिन देखि उठ्न सकेको छैन । फोहोर थुप्रिएपछि शहर दुर्गन्धीत बनेको छ ।
चोक चोकमा फोहोरको थुप्रो छ । वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा विरोधमा उत्रिँदा काठमाण्डौमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । नुवाकोटको सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै ६ किलोमिटर सडक मर्मत कार्य भैरहेकाले फोहोर उठ्न नसकेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक/दुई ...