नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।
अध्यक्ष ओलीले बुधवार एक अपिल प्रकाशित गरी थापालाई मतदान गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।
‘अहिले पार्टीभित्र देखापरेका समस्याहरू समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन कार्यदल गठन गरेर काम शुरू भइसकेको छ। यस परिप्रेक्षमा पार्टी एकतालाई सुदृढ गर्नु हामी सबैको कर्तव्य हो,’ ओलीले अपिलमा भनेका छन्, ‘पार्...