असोज ३० गते आइतबार हत्यापछि गाडेको अवस्थामा दाङका दुई बालबालिका भेटिए । गत असोज २७ गते साँझदेखि हराइरहेका १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतारा क्षेत्रीको शव दाङको दमारगाउँमा रहेको जङ्गलमा गाडेको अवस्थामा भेटिएको थियो । तर, घटनाको दुई साता बितिसक्दा प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन भने घटना रहस्यमय बनेको छ । दुई बालबालिकाको शवको पोष्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या गरी गाडेको पुष्टि भएको दाङ प्रहरीले जनाएको छ । यद्यपि घटनामा क–कसको कस