काठमाण्डाै – पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण भएकाले चुहिने (लिकेज) हुने क्रम बढेको छ । काठमाण्डौ उपत्यकाका झण्डै तीन सयभन्दा धेरै ठाउँमा पाइप फुटेर पानी बग्नुका साथै त्यसले नयाँ कालोपत्र सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाण्डौले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डाखुल्डी बनेका छन् ।काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ । मेलम्ची पानीको चुहिने समस्याले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा मर्मतका लागि...