न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो, इंग्ल्याण्ड चौथो स्थानमा चिप्लियो

न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थानमा उक्लेको छ । सन् २०१९ को विश्वकप क्रिकेट विजेता इंग्ल्याण्डलाई पछाडि धकेल्दै न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको हो । यद्दपी इंग्ल्याण्ड अन्तर्राष्ट्रिय टी ट्वान्टीको शीर्ष स्थानमा यथावत छ । न्युजिल्याण्ड भने टी ट्वान्टी वरियतामा पाँचौं स्थानबाट उक्लेर तेस्रोमा आएको हो । बङ्गलादेश बिरुद्धको तीन खेलको एकदिबसीय श्रृखंला ३–० ले जितेको न्युजिल्याण्डको अब १२१ अङ्क छ । न्युजिल्याण्ड विश्वकप क्रिकेट २०१९ को उपविजेता समेत हो । अष्ट्रेलिया भने दोस्रो स्थानमा उक्लेको छ । उ दुई स्थान माथि उक्लिन सफल भयो । भारत भने दोस्रो स्थानबाट तेस्रो स्थानमा चिप्लिएको छ । ऊ इंग्ल्याण्डभन्दा दशमलब अङ्कले मात्रै अगाडि छ ।

सम्बन्धित सामग्री

टेष्ट च्याम्पियनशीप तालिकामा भारत दोस्रो स्थानमा उक्लियो

इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलमा जितसँगै भारत आईसीसी विश्व टेष्ट च्याम्पियनशीपको दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत छ । भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्याण्डमाथि ३१७ रनको फराकिलो अन्तरको जित हात पारेको हो । उसले अङ्कतालिकामा शीर्ष स्थानको न्युजिल्याण्डभन्दा पनि बढी अङ्क बटुलेको छ । तर उसले न्युजिल्याण्डभन्दा बढी श्रृखंला खेलेको छ । न्युजिल्याण्डको जित प्रतिशत बढी छ । न्युजिल्याण्डले ७० प्रतिशत खेलमा जित हात पारेको छ ।

न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो

शीर्ष स्थानमा पुगेको न्युजिल्याण्डले २७ टेष्ट खेलबाट तीन हजार १९८ अङ्क र ११८ रेटिंग्स पाएको छ । दोस्रो स्थानको अष्ट्रेलियाको २६ खेलबाट तीन हजार २८ अङ्क र ११६ रेटिंग्स रहेको छ । तेस्रो स्थानमा भारत छ । भारतले २७ खेलबाट तीन हजार ८५ अङ्क र ११४ रेटिंग्स पाएको छ । चौथो स्थानमा इंग्ल्याण्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका तथा छैठौं स्थानमा श्रीलङ्का रहेको छ । सातौं स्थानको पाकिस्तानको ८२ रेटिंग्स रहेको छ ।