अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।
एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् ।
रोयटर्स समाचार संस्थाले पाएको पत्रमा विभिन्न यात्रुवाहक र मालवाहक एयरलाइन्सहरूले ५जी सेल टावरबाट आउने सिग्नलहरूले विमानको उडान र सुरक्षा उपकरणमा हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।
अमेरिकाको नागरिक उड्डयन विभागले ५जीका कारण विमानका संवेदनशील उपकरणलाई असर पार्ने र व्यापक बाधाअवरोध गर्ने चेतावनी पहिल्यै ...