जातीय विभाजनका आडमा सत्तामा टिकिरहने प्रचण्ड पथगामीहरूसँग लड्दालड्दै कल्याणकारी लोकतन्त्रको बहस कतै धार्मिक विभाजनका आडमा राजतन्त्र पुनर्स्थापना गर्ने रवीन्द्र पथगामीमा परिवर्तन त हुँदै छैन ! आज समाजमा दुई अतिवादबीचको बहस सृजना गर्न खोजिंदैछ : एकको नेतृत्व प्रचण्डले गरिरहेका छन् अनि अर्कोको रवीन्द्र मिश्रले ।
स्थानीय तह निर्वाचनको समाप्तिसँगै पाँचदलीय गठबन्धनमा आ–आफ्नै हिसाबका असन्तोषहरू सल्किएका छन् । निर्वाचन परिणामबाट खनाल–नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी सन्तुष्ट देखिँदैन । एकीकृत समाजवादीका ‘वैचारिक’ नेता झलनाथ खनालले नेपाली कांग्रेस नेतृत्वको अहिलेको गठबन्धनलाई वामपन्थी गठबन्धनले प्रतिस्थापन गर्नुपर्ने कुरा उठाएका छन् । उनले यो कुरा जति सजिलोसँग उठाएका छन्, त्यति सजिलो छैन वामपन्थी गठबन्धनको निर्माण । जनयुद्धको सफलतापछि माओवादीका विचारक मानिने मोहन वैद्यले गणतन्त्रको स्थापनापछि पनि राजतन्त्र छाडेका छैनन् । उनी राजा ज्ञानेन्द्रलाई कम्बोडियाका राजा सिंहानुकझैं बनाएर नेपालको राजगद्दीमा राख्न चाहन्छन् । नेपालको राजनीतिमा सिद्धान्त र नीतिले काम गर्दैन । अहिले देशमा जे भइरहेको छ, त्यो राजनीतिक पार्टीहरूको अकर्मण्यताको परिणाम हो ।
यी पंक्तिहरू कोर्दै गर्दा आफूलाई पुरातनपन्थी/संवर्द्धनवादी भनी चिनाउने एक राजनीतिक दल र वामपन्थी/साम्यवादी भनाउने अर्को राजनीतिक दलको महाधिवेशन धमाधम भइरहेको छ।संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रको जति फेर माला जपे पनि व्यवहारमा उक्त ‘पुरातनपन्थी/संवर्द्धनवादी’ दलको निवर्तमान नेतृत्वले ती दुई मुद्दालाई खासगरी निर्वाचन अभियानका बेलामात्र भजाउने र सरकारमा गइसकेपछि चाहिँ चटक्कै बिर्सने गरेको विसंगत विगत बिर्सनु हुँदैन।उक्त दलको हालै निर्वाचित नयाँ नेतृत्व आफूले उठाएका मुद्दाहरूप्रति इमा
नेपालमा कम्युनिस्ट पार्टी गुट, फुट हुँदै अहिले पुनः जुट्ने झिनो प्रक्रियामा छन्। वामपन्थी फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ। अहिले पनि कम्युनिस्ट पार्टी विभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भँगालामा परिणत भएका छन्। विशेष गरी राजतन्त्र फ्याक्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशिता, सङ्घीयता धर्मनिरपेक्षतालगायत उपलब्धि हासिल गर्ने भूमिका निर्वाह (दसव