काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ । राष्ट्र सङ्घसमेतका १६ संस्थाले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।
त्यस प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ देशलाई केन्द्रित गरेको राष्ट्र सङ्घको भनाइ छ । प्रतिवेदनले गएकाे वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाइ खासगरी दीर्घकालिक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भए...