धनुषामा अवैध उत्खनन गर्दै गरेका चिनियाँ निर्माण कम्पनीका ७ वटा टिपर र एउटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभाबी खोलामा उत्खनन गरेपछि प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।