पर्वत : विभागीय टोली एपीएफले पहिलोपटक आहा–रारा गोल्डकपको उपाधि चुमेको छ।२०६८ सालमा उपविजेतामा चित्त बुझाएर फर्किएको एपीएफ १४ वर्षपछि यो संस्करणमा फाइनल प्रवेश गरेको थियो। सुरुवाती चरणका खेलबाट नै उपयुक्त जोश र कुशल रणनीतिका साथ खेलेको एपीएफले सातौँपटक यो गोल्डकपको ट्रफी उचाल्ने मनाङको सपना घरेलु मैदानमा नै तुहिएको छ।२० औँ संस्करणसम्म आइपुग्दा मनाङ–मर्स्याङ्दीले १२ पटकसम्म फाइनलको यात्रा तय गर्दा एपीएफ भने १४ वर्षपछि फाइनलमा आइपुगेको थियो।पोखरा रङ्गशालामा भएको २० औँ संस्करणको खेलमा आह