पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्ड कप को २२ औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने