बकैयामा काँग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै काँग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।चुनावको विषयलाई लिएर नेपाली काँग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् ।उनीहरू दाजुभाइ समेत रहेका छन्

सम्बन्धित सामग्री

कञ्चनपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच कुटाकुट भएको छ । हिजो (शुक्रबार) राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो । प्रहरीका अनुसार कुटपिटबाट दुई जना घाइते भएका छन् । ४१ वर्षीय कांग्रेस कार्यकर्ता हिक्मतबहादुर बिष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर बिष्टबीच कुटाकुट भएको बताइएको […]

दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ।बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन्। गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का

हेलम्बुमा काँग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट, २ जना घाइते

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् ।कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमस

​चुनावी समीक्षा बैठकः आपसमै भिडे कांग्रेस कार्यकर्ता, घाइतेलाई काठमाडौं ल्याइयो

स्याङ्जा, पुस १०– स्याङजामा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा २ जना घाइते भएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले गर...