दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

 धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ।बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन्। गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का