अमेरिकी कम्पनी फाइजरले कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलर (करिब ८ अर्ब ४० करोड) डलर बराबरको औषधी पठाउने भएको छ। सो औषधी भारतलाई निःशुल्क उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई मानवीय सहायतास्वरूप अत्यावश्यक औषधी पठाउन लागिएको जानकारी दिएका छन्। कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो आकारको मानवीय राहत प्रयास भएको पनि उनले बताएका छन्। भारतका सरकारी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूले आउँदो