नेपालबाट झण्डैं एक दर्जन मुलुक हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोप लागेका अभिनेता सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । झण्डैं ८ महिनाको प्रक्रियापछि गौतमलाई पक्राउ गर्न प्रहरीले यो कदम चालेको हो ।
ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको रकम हिनामिनाको आरोप लागेका सहकारीका व्यवस्थापक ज्योति गुरुङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको छ ।
सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।
सहकारीका बचतकर्ताको डेढ...
३० मंसिर, पोखरा । नेपाल प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका पदाधिकारी गीतेन्द्र (जीबी) राई, शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जनाविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । सहकारीका बचतकर्ताले आफूहरुको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी, महेन्द्रलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस […]
काठमाडौं : विभिन्न गम्भीर घटनामा संलग्न रहेर फरार भएका अपराधीको नाम जारी गर्नु नै रेड कर्नर नोटिस हो। यस्ता अभियुक्तको खोजी इन्टरपोलको सहयोगमा पनि गर्ने गरिन्छ। पछिल्लो समय नेपाल प्रहरीले रेड कर्नर नोटिस र एलो नोटिसमा जारी गर्ने अपराधीहरुको सङ्ख्या बढ्दै गएको छ।
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा ८ जनालाई…
काठमाडौं : इन्टरपोलबाट 'रेड कर्नर नोटिस' जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ।२५ वर्षीया आफ्नै श्रीमती आरति परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार भोगेन्द्रलाई कतारमा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबा
इन्टरपोलले जारी गर्ने "रेड कर्नर नोटिस" विश्वभरका प्रहरीलाई कसैलाई अस्थायी रूपमा पक्राउ गर्न वा उनीहरूलाई आत्मसमर्पण गर्नका लागि गरिने अनुरोध हो। तर लेबनन र जापानबीच सुपुर्दगी सन्धि भने भएको छैन।
फरार प्रदेश सभा सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ को नाममा रेड कर्नर नोटिस जारी भएको छ। अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाल प्रहरीको अनुरोधमा गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो।
४ चैत, काठमाडौं । प्रदेशसभा सांसद् राजीव गुरुङ (दिपक मनाङे ) को नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् ।