काठमाण्डाै - सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी गाउँपालिकालाई नै फिर्ता गरेका छन् । स्थानीय तहको चुनावको लागि आचार संहिता लागू हुनुअघि नै अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले गाडी फिर्ता गर्नुभएको हो ।
‘कार्यालय समयमै पुग्न सजिलो होस् भनेर मलाई नागरिकले विश्वास गरेर दिएको गाडीको साँचो घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरलाई जिम्मा लगाएको छु’ अध्यक्ष भोलनले भन्नुभयो ।
यस्तै उपाध्यक्ष सुनुवारले नागरिकले दिएको नासो नागरिकलाई नै फिर्...