काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवादलाई ‘अतिरञ्जित ढङ्ग’ले नबुझ्न आग्रह गरेका छन्। एमसीसीका विषयमा माओवादी भित्र विवाद चलिरहेका बेला श्रेष्ठले आफू अध्यक्ष र अन्य नेताहरुसँग छलफलमै रहेको बताएका छन्।‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘अध