मह विष नबनोस् : यी पाँच चिजसँग सेवन गर्दा हानी

स्वास्थ्यका लागि महका थुप्रै फाइदा छन् । यसले छालालाई जवान बनाइराख्नुका साथै चम्किलो बनाउँछ । स्वास्थ्यका लागि पनि महले अमृतले झैँ काम गर्छ । यद्यपि, यसलाई सही तरिकाले प्रयोग गर्न आवश्यक छ । थुप्रै मानिस महलाई गलत चिजसँग मिसाएर यसको सेवन गर्छन्, जुन खतरनाक हुने गर्छ । महलाई केसँग खाँदा शरीरका लागि यो विष बन्छ, यसबारे भा...

सम्बन्धित सामग्री

कहाँ पाइन्छ शुद्धता !

जब जब चाडपर्व नजिकिँदै जान्छ, तब तब हाम्रा सरकारी निकायहरू शुद्धताको अनुगमनमा निस्किइहाल्छन् । अनुगमनका यस्तो रामलीला नाटक हरेक वर्ष, हरेक शहरहरूमा मञ्चन गरिन्छन् । सरकारलाई पनि थाहा छ, यो उपभोक्ताका आँखामा छारो हाल्न गरिएको मेसो हो । उपभोक्तालाई पनि थाहा छ यो हाकिमहरूको अतिरिक्त कमाइको पासो हो । यसमा अरू धेरै कसैको गुनासो पनि छैन । गुनासो केवल सीमित यस्ता मान्छेहरूको हो, जो हरेक कुरामा शुद्धता र जवाफदेहिता खोजिरहेका हुन्छन्, जुन कुरा अहिलेको जमानामा, त्यो पनि हाम्रो देशमा सम्भवै छैन । त्यसैले यो त्यस्ता सीमित मान्छेहरूको मात्र समस्या हो, देशको, उद्योगीको, कर्मचारीतन्त्रको, राजनीतिको वा समाजको समस्या नै हैन ।  अहिलेको जमानामा तपाईंले शुद्धता खोजेर कहाँ वा कुन कुरामा पाउन सक्नुहुन्छ र भन्या ! सबैलाई थाहा छ, तपाईं बजारमा शुद्ध घिउ खोज्न जानुस्, डाल्डा वा पिँडालु मिसाएको पाउन सक्नुहुन्छ । फेरि मिसाएको डाल्डा पनि शुद्ध हुन्छ भन्ने कुनै ग्यारेन्टी त हुन्न । असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । चामल, आँटादेखि कपडासम्म शुद्ध पाइन्न । अरू त अरू सुनमा समेत मिसावट बढ्न थालेको छ । देखिहाल्नु भो नि जिउँदो हुँदादेखि मरेपछि पुग्नुपर्ने पशुपतिनाथमा चढाएको सुनमा समेत पित्तल मिसाउन भ्याएछन् ! अब सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ?  एउटा समय थियो रे जब देशमा शुद्ध दूध र घिउको नदी नै बहन्थ्यो रे । हो, त्यो दूधको नदी सानो थियो । तर जति बहन्थ्यो, पाउनेले शुद्ध नै पाउँथे । बीचमा विपरीत हावा लाग्न थाल्यो । बजारमा माग धान्न धौ धौ पर्न थाल्यो । अनि त के ? दूधको नदीमा पानीको नहर मिसिन थाल्यो । हुँदा हुँदा अहिले गाईभैंसीको दानामार्फत वा सीधै जहर अर्थात् मन्द विष समेत उपभोक्ताले दूधसँगै उपहार पाइरहेका छन् । त्यसपछि नेपाली अर्थशास्त्रमा यो सिद्धान्त प्रतिपादित भइसकेको छ कि मासमा पुग्नु छ भने अनिवार्य मिसावट गर, शुद्धताको सजावट गर । असला माछा त असली नहुने जमानामा मसला शुद्ध पाउने कुरै भएन । सुनभन्दा पित्तल पर्ने र पित्तल किन्दा सुन पर्ने जमाना आएपछि शुद्धता चाहिँ कहाँ पाउनु भन्या ? पित्तलमा सुन पर्दा जेल, सुनमा पित्तल पर्दा झेल । यस्तो तालमेलको खेल कहिले र कसरी पार्ने होला फेल ? यसरी दूधको नदीमा पानीको मात्रा बढ्दै गयो र कालान्तरमा दूध तत्त्व (त्यसभित्र रहेको घिउ, खनिज आदि) गायब हुँदै गयो र केवल सेतो पानी मात्र बाँकी रह्यो । तैपनि उपभोक्ता कराइरहेका छन्– दूध चाहिएन, बरु शुद्ध पानी नै पाऊँ न त भनेर । तर अफसोस– शुद्ध पानी पनि कहाँ पाइन्छ र हजुर ? अब पानी नै शुद्ध नपाएपछि पानी नै पानीले भरिएको शरीर कति दिन र कसरी शुद्ध रहन सक्छ र ? तपाईंले अलि ध्यान दिनुभयो भने थाहा पाइहाल्नुहुन्छ यहाँ केही, कोही शुद्ध छैनन् । जस्तै, कर्मचारीतन्त्रमै हेर्नुस् । अपवाद बाहेक, के त्यहाँ कुनै शुद्ध कर्मचारी तपाईंले देख्नु वा भेट्नुभएको छ र ? अझ राजनीतिमै हेरौं न । त्यहाँ त झन् शुद्ध नेता खोज्नु भनेको स्यालको सिङ खोज्नुजस्तै भएको छ । जनयुद्ध गरेर देशलाई समाजवादमा पुर्‍याउँछु भन्नेहरू, सभामुख, मन्त्री, प्रधानमन्त्री भैखाका मान्छेहरू त अन्तमा गएर सुनको सुरुङमा वा सर्प पाल्ने भ्वाङमा पो पुर्‍याउने भएछन् । त्यस्तो नहोस् पनि किन ? किनकि न दल शुद्ध छन्, न त तिनका घोषणापत्र । न तिनका दृष्टिकोण शुद्ध, न तिनीहरूले चलाउने वर्गीय संगठन शुद्ध छन् । कतै छन् भने देखाउनोस् । हो, सुन र पानी दुवै शुद्ध नभए पनि सुनपानीले दलाल, गुण्डा, भ्रष्टाचारी र तस्करलाई चोख्याउन सक्ने ल्याकत भने नेतामा चौरासी क्यारेट शुद्धता देखिन्छ ।  दलहरूका लागि प्रगति भनेको जातिवाद हो, अझ गुट, उपगुटवाद हो । उनीहरूको धर्मसंस्कृति भनेको संकीर्णता हो । समाजवाद भनेको वर्ग स्वार्थ हो । समाजसेवा भनेको नेतागिरी हो । अर्थात् देखाउने दाँत एउटा छ, चपाउने अर्कै । अनि देशमा तपाईं शुद्धताको आशा गर्ने ? यसको अर्थ के नेताहरूले यो देशको हितको विषयमा कहिल्यै चिन्तन गर्दै गर्दैनन् हो ? हैन । गर्न त गर्छन् नि । तर जब नेता चिन्तन गर्न थाल्छन्, तब त्यसमा कसरी कसरी आफ्ना दलको, अझ गुटको र अझ आफ्नो परिवारको हित चैं आफै मिसिन आउँदो रहेछ क्या ! यसको मतलब के जनता चैं सबै शुद्धै शुद्ध छन् त ? जनता शुद्ध भैद्या भे देशमा गधाहरू आफ्नै घरघरका छतमाथि पुगुन्जेल जनता के हेरेर बसिरहन्थे त ? अनि देश यति धेरै खण्ड खण्डमा, गुट उपगुटमा, सम्प्रदाय सम्प्रदायमा विभक्त भइरहुन्जेल के हेरेर बसिरहन्थे त ? अझ सामाजिक सञ्जालमा लेखिने र देखिने विचार तथा पृष्ठपोषणको भाषाको स्तरले जनता कुन हदमा शुद्ध रहेछन् भनेर देखाउँदैन र ? अर्थात् जस्ता जनता छन्, नेता पनि त्यस्तै हुने नै भए नि । हैन र ? त्यसो भए नेता अशुद्ध भएर जनता अशुद्ध भएका कि जनता अशुद्ध भएर नेता अशुद्ध भएका भनेर नसोध्नु होला । किनकि, यो त अण्डा पहिले कि कुखुरा पहिले भने जस्तो भएन र भन्या ? त्यसैले अहिलेको जमानामा शुद्ध चिज खोज्नु नै मूर्खता हो भन्छु म त । कोही मुसुक्क हाँस्यो भने पनि त्यसमा व्यापार मिसिएको देख्छु । अब त चाहे शुद्ध घिउ, मह होस् वा शुद्ध प्रेम, अथवा शुद्ध देशभक्ति वा शुद्ध देशभक्तिको चिन्तन सबै सबै कुरामा पनि मिसावटै मिसावट देखिन्छ । पुजारी र भक्त, मन्दिर र मस्जिद सबै कता कता अशुद्ध नै अशुद्ध देखिन्छन् । धर्मग्रन्थले अहिंसा भन्छ, त्यही ग्रन्थ बोकेर मान्छे बस्तीमा बम बर्साउँछ । अनि अब मन्दिर र मस्जिदमा पनि नपाएको शुद्धता खोज्न कहाँ जाने ? यसरी यहाँ न तन शुद्ध रह्यो, न मन शुद्ध रह्यो, न धन शुद्ध रह्यो, न त आत्मा शुद्ध रह्यो । हुँदा हुँदा अशुद्धताको विरुद्ध कारबाही गर्दै हिँड्नुपर्ने न सरकार शुद्ध रह्यो, न त्यसको विरोधमा आवाज उठाउनुपर्ने प्रतिपक्ष नै शुद्ध रह्यो । शुद्धताको वकालत गर्न खडा भएका उपभोक्ता हित समूहहरू केवल आफ्नो हित पो हेर्नेमा गए । यस्तो माहोलमा शुद्धताको कुरा गर्ने वा शुद्धताको खोजी गर्ने कोही यो देशमा छन् भने तिनलाई देशद्रोही घोषणा गरेर तुरुन्त देश निकाला गरियोस् सरकार ! यो चैं मेरो शुद्ध अनुरोध हो, यसलाई चाहिँ अशुुद्ध नपारौं है, सम्बन्धित सबैलाई हेक्का रहोस् !

मकवानपुरमा एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाउँदा एक छोराको ज्यान गयो

काठमाण्डौ – मकवानपुरमा एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाएकी छिन् ।  हेटौँडा–१५, जाँतेकी ३६ वर्षीया एक महिलाले हिजो बेलुका सात वर्षीय र १८ महिने छोरालाई विष खुवाएर आफूले पनि खाएकी प्रहरीले जनाएको छ । विष खाएका १८ वर्षका छोराको उपचारका क्रममा बिहान ज्यान गएको छ भने महिला र उनका अर्का सात वर्षका छोराको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।  उहाँका अनुसार सात वर्षका छोरा गम्भीर बिरामी नभए पनि मह...

सरकारी हस्तक्षेपको टेको कति बलियो ?

कोरोना महामारीले आहत बनाएको अर्थतन्त्रको पुनरुत्थान बारेमा विमति नहोला । तर, पुनरुत्थानका कस्तो कार्यक्रम ? कसले सञ्चालन गर्ने ? र कसरी गर्ने ? भन्नेमा सबैको एकमत नहुन सक्छ ।  ज्ञानविज्ञानमा प्राप्त भएको प्रगतिको परिणामस्वरूप स्थापित आधुनिक समाजमा पनि मान्छेको वशभन्दा बाहिरका समस्या थुप्रै छन्, थुप्रै अनुत्तरित प्रश्न छन् । यो सत्यलाई हामीले जानी नजानी अस्वीकार गर्दै आएको जस्तो देखिन्छ । राज्यसत्ताप्रति हाम्रो ठूलो विश्वास छ । यसमा हाम्रो सामाजिक मनोविज्ञान र सांस्कृतिक परम्पराले पनि काम गरेको हुन सक्छ । हामी धेरै किसिमका लौकिक र अलौकिक शक्तिहरूमा विश्वास गर्छाैं । त्यस्ता शक्तिहरूले हाम्रो उद्धार गर्छ भन्ने आशा गर्छौं । यही विश्वासले हुनुपर्छ कुनै समस्या आइपर्दा हामी आश भरिएको दृष्टिले शासक वर्गलाई हेर्छौं । तर, गाह्रोसाह्रो पर्दा शासकले हामीलाई नहेरेको इतिहास बिर्सिन्छाैं । विसं १९९० मा ठूलो भुइँचालो आयो । त्यति बेला देशभर ३० हजार मान्छे मरेको अनुमान गरिएको छ । त्यति बेला पीडितलाई राज्यले सहयोग गरेन । रैतीले ढलेका घर आफै बनाए । दरबारका आसेपासेले भने आप्mना महल ठड्याउन ऋण पाए र पछि त्यो ऋण श्री ३ ले माफ गरिदिए । त्यो भुइँचालोबाट न राज्यले कुनै पाठ सिक्यो न जनताले सिके । न भुइँचालो प्रतिरोधी घर बनाइयो, न बस्ती वा सहरको पुनःसंरचना गरियो ।  ‘त्यो त राणाकाल थियो’ भनेर हामी छुटकारा खोजौंला । तर, त्यसो होइन । त्यो भुइँचालो पछि अरू थुप्रै प्राकृतिक विपत्ति र मानव सृजित संकट आए तर कहिल्यै त्यस्ता समस्या नदोहोरियोस् भनेर रोकथामका उपाय अपनाइएन । त्यस्ता समस्या आएपछि राहत दिने वा लक्षित समूहसम्म लाभ पु¥याउने प्रभावकारी संयन्त्र विकास गरिएन ।  ठूलो भुइँचालो ६ वर्ष अघि पनि आएको थियो । त्यसमा १० हजार मान्छे मरेका थिए, निजी र सार्वजनिक गरी ७ लाख घर भत्किएका थिए । भुइँचालोपछि उद्धार, राहत र पुनर्निर्माणका कुरा भएका थिए । ग्रामीण भेगमा एकीकृत बस्ती बसाउने सबै किसिमका सुविधा पु¥याउने चर्चा थियो । चर्चामा आएका धेरै कुरा भएनन् ।  राजनीतिक, सामाजिक तथा प्राकृतिक उथलपुथलले आर्थिक संकट ल्याउँछन् । त्यस्ता संकटबाट सधैं पीँधमा रहेका विपन्न मान्छे नै पीडित हुन्छन । त्यस्ता बेला शासक वर्ग दुःखी गरीबलाई सम्झिएजस्तो गर्छन् । सत्तालाई टेको दिने बुद्धिजीवी सरकारको भूमिका बढाउनुपर्छ भन्ने माग गर्न थाल्छन् ।  आर्थिक र व्यावहारिक रूपमा गरिनुपर्ने सही कुरा भन्दा भावनात्मक कुराले बल पाउँछ । एकातिर संकटका बेला सरकार मितव्ययी हुनुपर्छ भनिन्छ अर्कोतिर आर्थिक पुनरुत्थानका लागि राहत, अनुदान, प्रोत्साहनमा सरकारले खर्च बढाउनुपर्ने माग गरिन्छ ।  यस्तै असंगत र भ्रामक स्थितिको फाइदा शासक वर्गले उठाउँछ । सरकार आफूलाई संकट निवारकका रूपमा प्रस्तुत गर्छ । सरकारले प्रदान गर्ने राहत, अनुदान, प्रोत्साहन आसेपासेले पाउँछन्, विपन्नको हात खाली हुन्छ । कोरोनाको महामारीबाट कृषि, उद्योग, व्यापार, पर्यटन, निर्माण, यातायात, बैंकिङ, आन्तरिक तथा वैदेशिक रोजगार सबै क्षेत्र मारमा छन् । तर, टुप्पामा बसेर गरिने राजनीतिक निर्णयबाट राहत कसले पाउने निर्धारण गरिएको छ । यो प्रक्रियामा निमुखा कामदारको समूह वञ्चित हुने जोखिम उच्च हुन्छ । टाठाबाठा सरकारले प्रदान गर्ने सुविधाबारे जानकार हुन्छन् । त्यस्ता सुविधा हात पार्न कस्ता कागज बनाउनुपर्छ, कुन कार्यालयमा सम्पर्क गर्नुपर्छ सबै थाहा पाउँछन् ।  उनीहरूको संगठन हुन्छ । संगठित समूहको आवाज सुनिन्छ । तर, अनौपचारिक क्षेत्रमा रहेका कामदार वा ससानो व्यवसाय गर्नेहरू संगठित हुँदैनन् । यो पृष्ठभूमिमा सरकारी राहत तथा आर्थिक पुनरुत्थानको कार्यक्रम विपन्न वर्गबाट स्रोत खिचेर सम्पन्न वर्गमा पु¥याउने संयन्त्र बन्न जान्छ ।  सरकारी निर्देशनमार्फत नगद अनुदान दिने, ऋण मिनाहा गर्ने, वस्तुको मूल्य तोक्ने गर्दा जनजीविका झनै असहज हुन्छ । अर्थतन्त्रमा सुधार आउँदैन । आवश्यक भए वस्तु तथा सेवा किनबेच गर्ने, ऋण लिनेदिनेकै बीचमा पहिले भएका सम्झौता आपसी सहमतिमा फेरबदल गर्न प्रोत्साहित गर्नुपर्छ । स्वैच्छिक रूपमा कसैले त्यसो गर्न चाहन्छ भने गर्न दिए हुन्छ । अर्थतन्त्रलाई लयमा फर्किन दिने यो दिगो उपाय हो । सरकार वा अर्को कुनै तेस्रो पक्ष गएर हस्तक्षेप गर्नु हुँदैन । संकटका बेला सामान्य नियमित बजेटमार्पmत सरकारले धेरै पैसा खर्च गर्ने अवस्था हुँदैन । गरिहाल्यो भने पनि सरकारले खर्च गर्ने अर्काको पैसा हो । सरकारले मितव्ययी ढंगले अधिकतम प्रतिफल प्राप्त हुने गरी अर्काको पैसा खर्च गर्दैन । सरकारी संयन्त्रको निर्माण नै त्यसरी भएको हुन्छ । सामान्य होस् वा संकटको अवस्था, यो रोगबाट मान्छे मुक्त हुनै सक्दैन ।  कोरोना महामारी शुरू भएपछि आएका दुईओटा बजेटको सामान्य अध्ययनबाट पनि हामी यो निष्कर्षमा पुग्न सक्छौं । ठूलाठूला भौतिक पूर्वाधार, टावर, शालिक निर्माणमा जोड दिँदै आएको सरकारले महामारीपछि सर्वसाधारणलाई आवश्यक त स्वास्थ्य सुविधा पो रहेछ भन्ने थाहा पाएजस्तो गर्‍यो । थाहा पाउनु मात्रै पर्याप्त थिएन । बजेट तर्जुमा गर्ने क्रममा फेरि ठूलाठूला कुरा गरियो, तत्काल गर्न सकिने सामान्य तर महŒवपूर्ण कुराहरू बजेटमा परेनन् ।  महामारी रोकथामको अतिरिक्त वस्तु तथा सेवा उत्पादनलाई कसरी सुचारु बनाउने, आपूर्ति शृंखलालाई कसरी चलायमान बनाउने, वित्तीय क्षेत्रमा तरलता कसरी सहज बनाउनेतर्पm सरकारका कार्यक्रम केन्द्रित हुनुपथ्र्यो । जनजीवनलाई छिटोभन्दा छिटो सामान्यतर्पm फर्काउने सरकारको रणनीति हुनुपथ्र्यो । यसका लागि सबैभन्दा उत्तम विकल्प बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउने नै हो भन्ने पुष्टि भइसकेको छ । तापनि सरकारको यसमा ध्यान पुगेन, खोप प्राप्त गर्ने, जनतालाई खोप लगाउने कुरामा सरकार चुक्यो ।  आर्थिक गतिविधिमा सक्रिय हुने अनुकूल वातावरण बन्यो भने सर्वसाधारणले आफूले आफूलाई सहजै सम्हाल्नेछन् । कुनै राहत वा अनुदानको आवश्यकतै पर्दैन । अर्थतन्त्रलाई सकेसम्म स्वचालित बनाउनुपर्छ । सरकारी हस्तक्षेपको माग घातक हुन्छ । योजना आयोग, राष्ट्र बैंक, अर्थ मन्त्रालय वा अरू कुनै विभागीय मन्त्रालयको मुख ताक्नु व्यर्थ हो । यी निकायहरूसँग वास्तवमै आर्थिक पुनरुत्थान गर्ने नीति, नियत, स्रोत र व्यवस्थापकीय कौशल हुँदैन ।  संकटको इतिहास नयाँ होइन । त्यसैले संकट विशेषमा सरकारी हस्तक्षेप माग गर्नु गलत हो । अहिलेको धनी र गरीब छुट्ट्याउने मापदण्डलाई मान्ने हो सभ्यताको शुरूमा सबै मान्छे गरीब थिए । उनीहरूको चासो आहार जुटाउने र सुरक्षित वासस्थानको व्यवस्था गर्नेमा सीमित थियो । अन्य प्राणीहरूभन्दा चलाख मान्छेले कृषि युगमा आउँदा प्राकृतिक प्रतिकुलताहरूसँग लड्ने केही औजार बनाइसकेको थियो । संगठित हुन थालेको मान्छेले मेरो र तेरो सम्पत्ति छुुट्ट्याउन, साँधसिमाना कोर्न थालेको थियो ।  साढे दुई सय वर्षअघि शुरू भएको औद्योगिक युगबाट भने निश्चित भूगोलका (खासगरी यूरोप) मान्छेहरूले अरूका तुलनातमा स्पष्ट छुट्ट्याउन सकिने गरी भौतिक उन्नति गरेको देखिन्छ । खाने, लगाउने, दैनिक जीवनयापनलाई सहज बनाउने, सम्पत्ति जम्मा गर्ने, ठूलो भूभाग र जनसंख्यामाथि नियन्त्रण गर्ने विषयमा उनीहरू अगाडि देखिए ।  तर पनि अभाव र अनिश्चयको शृंखला तोडिएको छैन । औद्योगिक क्रान्ति र आधुनिक राज्यव्यवस्थाले नयाँ किसिमका चुनौती खडा गरेको थियो । नयाँ रूप धारण गरेर आएको मान्छेका चुनौतीलाई सम्बोधन गर्ने भन्ने विषयमा अनेकौ मतहरू पाइन्छन् । ती अनेकौं मतहरूलाई मूलतः दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो हो, मान्छेका समस्यालाई ठीकठीक गरेर ठम्याउन सकिन्छ र असल नियत राखेर सामूहिक प्रयास गर्ने हो भने त्यसलाई तत्काल समाधान पनि गर्न सकिन्छ ।  दोस्रो, मान्छेका समस्या वस्तुगत मात्रै हुँदैनन् । आधुनिक मानव समाजमा व्यक्तिका आआप्mनै मूल्य मान्यता हुन्छन् । व्यक्तिको निजी मूल्य प्राप्तिलाई सामान्यीकरण गरेर अर्को व्यक्ति वा समूहले त्यसको पूर्ति गर्न सक्दैन ।  हामीले पहिलो मतलाई पछ्याएका छौं । त्यसैले सामूहिकतामा आधारित अर्थ राजनीतिक दर्शनमा आस्था राख्छौं । त्यसैअनुरूपको संविधान र राज्यव्यवस्थालाई अँगालेका छौं । यस्तो अर्थ राजनीतिक दर्शनमा विज्ञता र सत्ता एकै साथ भयो भने समाजका यावत् समस्या समाधान गर्न सकिन्छ । अर्थात् सरकारसँग केही नीति निर्माता, योजनाविद्, अर्थशास्त्री, इन्जिनीयरलगायत विज्ञ भन्न सकिने मान्छे भए समाजलाई चाहेको बाटोमा हिँडाउन सकिन्छ । यस्ता विज्ञ वा बौद्धिकमा उनीहरू समाजका उत्कृष्ट प्रतिभावान मान्छे हुँ भन्ने अहं हुन्छ ।  ज्ञानको निश्चित क्षेत्रमा औसत मान्छेभन्दा बढी जानकारी राख्ने उनीहरूले आफ्नो मनमा आउने सबै किसिमका विषयको आधिकारिक विशेषज्ञ आफै हुँ भन्ने दाबी गर्छन् । उनीहरूलाई आमसञ्चारका माध्यम तथा अन्य सार्वजनिक मञ्चहरूमा पनि पर्याप्त स्थान मिल्छ । तर, यथार्थ के हो भने कसैलाई पनि कुनै नीतिनियम वा निर्णयको सम्भावित असर के के हुन सक्छ भन्ने पूर्ण ज्ञान हँुदैन । सार्वजनिक नीतिका अनपेक्षित दुष्परिणामहरू पनि हुन्छन् ।  त्यसैले लाखौं करोडौं मान्छेको हितका लागि थोरै मान्छेले निर्णय गर्ने परिपाटी डरलाग्दो हुन्छ । यदि ती थोरै मान्छेले गरेको निर्णय गलत भयो भने करोडौं मान्छे अनाहकमा पीडित हुनुपर्छ । धेरै मान्छेलाई नखाएको विष लाग्छ । यो खालको अर्थराजनीतिक परिपाटी अन्यायी र अनैतिक हो ।  शासकहरूको नियत सही मात्रै भएर पुग्दैन । असल नियतले बनाइएका कैयौं नीतिहरूले भयानक दुष्परिणामहरू दिएका छन् । पूर्व सोभियत संघ, चीन र भारतमा उत्पादनका साधनलाई राष्ट्रियकरण गर्ने नीति असल नियतले नै ल्याइएको थियो होला तर त्यसको परिणाम भयानक हुन पुग्यो, करौडौं मान्छे भोकमरीका कारणले मरे ।  भौतिक विज्ञानमा जस्तो सामाजिक विज्ञानमा समाजलाई डिजाइन गरेर अगाडि बढाउन सकिँदैन । भौतिक विज्ञानको जस्तो स्थिर प्रयोगशाला सामाजिक विज्ञानलाई उपलब्ध हुँदैन । समाज गतिशील हुन्छ । सामाजिक सिद्धान्त प्रयोग हुने समाजका सदस्य (मानिस) हरूका व्यवहार अविवेकी र अनुमान गर्न नसकिने किसिमका हुन्छन् । व्यक्तिका रुचि, चाहना, अपेक्षा, क्षमता छिनछिनमा बदलिने खालका हुन्छन् । मानवीय चालचलन यान्त्रिक हुँदैनन् । त्यसैले मान्छेका निश्चित आकांक्षाहरू हुन्छन् भन्ने अनुमानमा वा ठोकुवा गरेर तर्जुमा गरिने नीति तथा कार्यक्रमहरू असफल हुन्छन् ।  योजना कुनै व्यक्ति, संगठन वा राज्य जोसुकैका हुन पूर्णतया खोटरहित हुन सक्दैनन् । व्यक्तिका योजना सफल वा असफल भए भने त्यसबाट हुने लाभ हानिको भागीदार एक्लो व्यक्ति हुन्छ । तर, ठूला संगठन वा राज्यले बनाउने योजना सफल वा असफल भयो त्यसबाट प्रभावित हुने जनसंख्या ठूलो हुन्छ ।  विविध कारणले ठूला योजना असफल हुने जोखिम उच्च हुन्छ । ठूला योजना कार्यान्वयनका लागि ठूलै संयन्त्र चाहिन्छ र यसमा चुहावट पनि ठूलै हुन्छ । यस्ता यावत् कुराहरू छन् जसले केन्द्रीकृत रूपमा मानवीय समाजलाई संगठित गर्न खोजिने उपाय उचित होइन भन्ने देखाएको छ । यो कुरा कोरोना महामारी वा अरू कुनै पनि संकटपछि आर्थिक पुनरुत्थान गर्ने कार्यक्रममा लागू हुन्छ ।  कतिपय आर्थिक प्रतिकुलताहरू क्रमिक रूपमा समाधान हुने प्रकृतिका हुन्छन् । ती प्रतिकुलताहरूलाई स्वाभाविक तवरले जनस्तरको पहलबाट समाधान हुन दिने हो सरकारको हस्तक्षेप आवश्यक नै पर्दैन । राजनीतिक वा प्रशासनिक नेतृत्व स्वार्थरहित हुँदैन । कतिपयले यस्ता संकटहरूलाई कमाउने अवसरका रूपमा उपयोग गर्न खोज्छन् । यसतर्पm हामी सजग हुनैपर्छ, सकेसम्म कथित सरकारी सहयोगलाई टाढै राख्नुपर्छ ।

आन्तरिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकूट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको भनाइ पाइन्छ । त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १०८ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महŒवले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति , वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा जानकारी पाउन सक्ने भएकाले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । आप्mनो मौलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाच गानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसलाई पर्यटनसँग जोड्ने सामान्य प्रयास पाइन्छ । तर, त्यो पर्याप्त छैन जसले गर्दा यहाँको पर्यटकीय सम्भावनाको दोहन हुन सकको छैन । गोसाइँकुण्डमा पानीको आयतन १४७२००० क्युबिक मिटर रहेको छ भने भैरवकुण्डमा ४६ लाख ६० हजार क्युबिक मीटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेन्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेन्ड ७५ लिटर पानी तल झर्छ । नेपालमा जम्मा २२५ अर्ब घनमीटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷वनस्पति  सबैका लागि महŒवपूर्ण देखिन्छ । गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमृत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तम हिमाली क्षेत्र हो । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ किमी झन्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा वास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौंबाट मेलम्ची पुल, तारामाराङ हुँदै ६ घण्टा पैदल हिँडेर कुटुमसाङ पुगिन्छ । त्यहाँबाट मागिनगोठ, ठाडे पाटी, ठूलो घोप्टे, फेदी ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । बौद्ध सुन्दरीजल हुँदै चिसोपानी, पाटी भञ्ज्याङ, चिपलिङ, गुल्फु भञ्ज्याङ, कुटुमसाङ पुगिन्छ र त्यहाँबाट मागिनगोठ, ठाडेपाटी, ठूलो घोप्टे, फेदी, ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाइन्छ । आप्mनो मौलिक जातीय पहिचानको रसास्वादन गर्न सकिन्छ । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्य पान गर्दै धार्मिक यात्रामा जाने नेपालीहरू प्रशस्त छन् । यहाँ पर्यटकीय विकासका लागि विभिन्न प्रकारका कार्यक्रम नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ । काठमाडौं उपत्यकाको नजिक भएकाले पनि यहाँ धार्मिक पर्यटक प्रशस्त पुग्ने गरेका छन् । हेलिकोप्टरबाट पनि यहाँ पुग्नेको संख्या प्रशस्त छ । नेपालको पर्यटनमा पदयात्राको भूमिका बढी छ । पदयात्राका लागि यो उत्कृष्ट गन्तव्य हो । तर, पदयात्राका लागि उपयुक्त मार्गमा सडक बन्दै गएकाले यसको यात्रा छोटिएको छ । हिमाली प्रकृतिमा गरिने पदयात्रा अविस्मरणीय हुन्छ । खासगरी बाह्य पर्यटक यसमा निकै रमाएको पाइन्छ । विगतको दाँजोमा निकै पूर्वाधार बनेका छन् । तर, ती पूर्वाधार बनाउँदा यहाँको प्रकृति र जनजीवनमा कुनै असर नपार्ने गरी काम गर्नुपर्छ । नेपालका पर्यटकीय क्षेत्रहरू धार्मिक क्षेत्र र त्यसका आसपास रहेका पाइन्छन् । त्यसैले धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वास्तवमा नेपालका प्रत्येक क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ । तर, त्यसका लागि लगानी धेरे चाहिन्छ । गोसाइँकुण्ड धार्मिक महत्त्वको भए पनि प्राकृतिक दृष्टिकोणले पनि उत्तिकै महŒव छ । पर्यटनलाई धर्मसँग जोडेर लाने हो भने पनि पर्यटन व्यवसाय आकर्षक बन्न सक्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि प्रयास हुँदै गर्दा पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ । कोभिड–१९ महामारीका कारण प्रतिकूल असर परेको छ । यस अवस्थामा स्वास्थ्य मापदण्ड पालन गर्न अति आवश्यक छ । अवस्था साधारण भएपछि धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । उक्त सफलताका लागि हाम्रो देशमा रहेका हजारौं जलाशय तथा कुण्ड र त्यससम्बन्धी संस्कृतिलाई स्थानीय सरकारले आवश्यक व्यवस्थापन गरी आर्थिक गतिविधि बढाउनु आजको आवश्यकता हो ।   लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

अर्थतन्त्रको सबलीकरणमा परम्परागत अभ्यास

नेपालको दक्षिणी छिमेकी मुलुक लामो समयसम्म विदेशीको दासतामा रहँदा त्यहाँको समाजमा आफ्नोपन, आफ्ना विद्या, शाास्त्र, विधि र पद्धतिमा यत्ति धेरै अविश्वास पैदा हुन गयो कि सिँगो समाज विस्मृति, हीनताबोधको चरम शिकार हुन पुग्यो । फलस्वरूप आफ्ना पुर्खाहरूबाट रचित, सृजित र अभ्यास गरिने हरेक शास्त्र, विधा र शीपहरू अवैज्ञानिक र अव्याहारिक लाग्न थाले । अरबियन र यूरोपेली प्रभावका कारण पूरै समाजको आँखामा अन्धताको कालो पर्दा बाँधिँदा आजसम्म पनि त्यो समाज पूर्णतया दिग्भ्रममा छ । सदैव स्वतन्त्र र सार्वभौम रहेको मुलुक भए तापनि निकटतम छिमेकी मुुलुक भारतमा ९औं शताब्दीयता व्याप्त विस्मृति, हीनताबोध र अन्धताको प्रभाव नेपाली समाजमा पनि समानुपातिक रूपमा परेको पाइन्छ । हीनताबोधबाट ग्रस्त यी दुवै समाजले आफ्ना विशिष्ट गुणहरूलाई घृणा गरिरहेका हुन्छन् । जब पश्चिमी कुनै विद्वान्बाट कुनै संस्कृत ग्रन्थ, पूर्वीय पद्धतिका बारेमा सकारात्मक दृष्टिकोण आएपछि मात्र ती ग्रन्थ र पद्धतिले समाजमा मान्यता पाउँछन् । भरतको नाट्यवेद, पिंगलको छन्दशास्त्र, पाणिनीको व्याकरण, वात्स्यायनको योगशास्त्र, पतञ्जलीको योगसूत्र, वात्स्यायनको कामसूत्रलाई पश्चिमले यी ग्रन्थहरू विश्वका सर्वोत्कृष्ट ग्रन्थहरू हुन् भनेर चिनारी दिएपछि मात्रै नेपाल र भारतको समाजले यी ग्रन्थलाई महत्त्व दिन थालेका हुन् । यी दुवै समाज आफूप्रति यत्ति धेरै लज्जित छन् कि आफ्नो पद्धति र भाषामा आफ्ना विद्याहरू अभ्यास र उच्चारण गर्न पनि हिचकिचाउँछन् तर सोही विद्यालाई पश्चिमी लवजमा उच्चारण गर्दा आफूलाई सभ्य ठान्छन् । उदाहरणका लागि यहाँको समाजमा योगा भने पछि मानिसहरू आफूलाई सभ्य ठान्छन् भने योग भने पछि आफूलाई कसैले असभ्य भनिदिने हो कि भनेर संकोच मान्छन् । यही विस्मृति र हीनताबोधको दलदलमा नेपाली समाज यत्ति नराम्ररी फसेको छ, उसलाई आफ्ना पुर्खाले आविष्कार गरी प्रयोगमा ल्याएका हरेक विधा, विद्या, शीप र प्रचलनहरू मिथ्या लाग्न थालेका छन् । आफ्ना पुर्खाहरूबाट स्थापित मान्यताको वैज्ञानिकता, व्यावहारिकता र प्रभावकारिताका बारेमा संगठित र नियोजित रूपमा विना अध्ययन अत्यन्त नकारात्मक भाष्य समाजमा स्थापित गर्ने अभ्यास कथित पढे लेखेको वर्गबाट हुँदा यो अवस्था सृजना भएको हो । पूरै यूरोप तथा आधी एशियामा बोलिने भाषाहरूको जननीका रूपमा रहेको संस्कृतलाई मृत भाषा घोषणा गर्दै संस्कृत भाषाको नाम उच्चारण गर्नु पनि ठूलै अपराध गरेजस्तो गरी प्रतिरोध शुरू हुन्छ । रसायनयुक्त क्रिमले शिशुहरूको छाला बिगार्छ, तोरीको तेल सर्वोत्तम हो भनेर पश्चिमी संसारले भने पछि मात्रै नेपालका कथित शिक्षित परिवारले पुनः नवजात शिशुलाई घाममा राखेर तोरीको तेल घस्न थालेका हुन् । जन्क फुड राम्रो होइन भनेर पश्चिमी संसारले भनेपछि मात्रै नेपालको कथित शिक्षित समाज ढिडो, लिटोमा फर्केको हो । आफ्ना जति सबै नराम्रा भन्दै प्रतिरोध गर्ने कथित शिक्षित वर्गका कारण समाजका परम्परागत विद्याहरू क्रमशः लोप हुने अवस्थामा छन् । सर्पको विष रक्सी मुखमा राखी चुसेर फाल्ने थारूहरूको शीप यस्तै कथित शिक्षित वर्गको कुप्रचारको शिकार भई आज लोप हुने अवस्थामा पुगेको छ । जडीबुटीको परम्परागत प्रयोगले धेरै रोगहरू अस्पताल नपुग्दै सञ्चो हुने अवस्था विद्यमान हुँदाहुँदै आज त्यो प्रयोग नगर्ने वातावरण सृजना भएको छ । परम्परागत विद्याको प्रयोग गर्नेहरू असभ्य हुन् भनी प्रचार गरिएकाले घरेलु पद्धतिबाट सन्चो हुने प्रकृतिका रोगहरूको उपचारमा पनि अस्पताल धाउनु परिरहेको छ । बसेर शौच गर्ने परम्परागत चलनलाई असभ्य भन्दै कोमोड कल्चरमा रमेको नेपाली शिक्षित समाज पश्चिमी अनुसन्धानले कब्जियतको स्रोत कोमोडमा बसी शौच गर्नु हो भने पछि फेरि टुक्रुक्क बसेर शौच गर्ने दिशामा जान थालेको छ । विश्वमा जडीबुटीको अन्तरराष्ट्रिय व्यापारको तथ्यांकले भने यस क्षेत्रको महत्त्वका बारेमा आफै स्पष्ट पार्छ । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०२० मा विश्वका विभिन्न देशहरूले करीब ३ अर्ब ४० करोड यूएस डलर बराबरका विभिन्न किसिमका जडीबुटी आयात गरेको पाइन्छ । ५ वर्षअगाडि जडीबुटीको आयात ३ अर्ब यूएस डलर थियो । जडीबुटीका प्रमुख आयातकर्ताहरू यूएसए, जर्मनी, जापान, हङकङ, चीन, ताइवान, फ्रान्स, द.कोरिया, भारत र स्पेनजस्ता विकसित र विकासशील देशहरू रहेबाट जडीबुटीको महत्त्व पुष्टि हुन्छ । ग्लोबलन्यूज वायर डटकमका अनुसार सन् २०३० मा औषधिय जडीबुटीको विश्व बजार करीब ५५० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ । सन् २०१९ मा यो आकार ८१ अर्ब यूएसडलरमा मात्र सीमित थियो । यी तथ्यांकबाट विश्वमा जडीबुटी र त्यसबाट निर्मित औषधिहरूको आकर्षणका बारेमा एउटा झलक दर्शाउँछ । तर, नेपालको कथित शिक्षित वर्ग जडीबुटीको नियोजित परित्यागको अभियानमा छ । विभिन्न देशहरूले आफ्ना परम्परागत चिकित्सा पद्धतिको प्रचारप्रसार गर्न विदेशमा समेत आफ्ना चिकित्सा केन्द्रहरू स्थापना गरेका हुन्छन् । आफ्ना परम्परागत पद्धति, खानपिन र उपभोगका सम्बन्धमा आफ्नै मानक, मान्यता, पद्धति र प्रणालीको स्थापना गरिएको हुन्छ । हजारौं हजार वर्षदेखि प्रयोगको कसीमा उत्तीर्ण भएका यस्ता स्थापित मानकका कारण यी पद्धतिहरू समाज सुहाउँदो, प्रभावकारी, प्राप्य र सहज हुने गर्छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट हाम्रा पुर्खाले स्थापित गरेका चिकित्सा पद्धति, प्रचलन, रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा प्रयोग हुने परम्परागत खानपिन, जडीबुटीको महŒव, लेपन, सेवन र उपयोगका बारेमा बेलाबेलामा आफ्ना धारणाहरू प्रस्तुत हुने गर्छन् । प्रधानमन्त्रीबाट यस्ता धारणाहरू बाहिर आउँदासाथ कथित शिक्षित वर्ग विषयवस्तुमा प्रवेशै नगरी प्रधानमन्त्रीको धुँवाधार विरोधमा उत्रिने गरेको छ । यसका पछाडि राजनीतिक कारणमात्र होइन । खासमा नेपालमा एउटा यस्तो वर्ग छ जो नेपालीहरूमा परम्परागत शीप, पद्धति, शास्त्र, विधिविधान, प्रचलन, विधा र ज्ञान समाप्त होस्, मूलसँग शाखाहरूको सम्बन्ध विच्छेद होस् भन्ने चाहन्छ । विश्वभरि नै आधुनिक चिकित्सा पद्धति र परम्परागत चिकित्सा पद्धति सँगसँगै लैजानुुपर्छ भन्ने सम्यक् मान्यता स्थापित भइरहेको सन्दर्भमा नेपाली हावापानी सुहाउँदो परम्परागत चिकित्सा पद्धतिमाथि सुनियोजित आक्रमण आफैमा चिन्ता र चासोको विषय बन्न पुगेको छ । पुर्खाका अभ्यासहरूप्रति प्रायोजित वैरभाव राख्ने प्रवृत्तिबाट नेपाली हावापानी सुहाउँदा अभ्यासहरू माथि भइरहेको सुनियोजित आक्रमणलाई निस्तेज तुल्याउन यस क्षेत्रमा सरकारको सक्रिय उपस्थितिका लागि परम्परागत अभ्यासहरूलाई संस्थागत गरिनुपर्छ । विभिन्न जातजातिमा रहेका परम्परागत चिकित्सीय ज्ञानलगायत शीप र शास्त्रहरूको संरक्षण, प्रवद्र्धन र नवप्रवर्तनका लागि संस्थागत व्यवस्थाका साथै निरन्तरको आर्थिक सहयोग उपलब्ध हुने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । समाजमा स्थापित शीप, कला, विधा र शास्त्रका बारेमा पूरै समाजलाई सचेत र आकर्षित तुल्याउन राजनीतिक, सामाजिक, अनुसन्धान र शैक्षिक गतिविधिहरूमार्पmत विशेष पहल हुन जरुरी छ । यसो गर्न सकेको खण्डमा परम्परागत नेपाली पद्धतिलाई नियोजित रूपमा निषेध गर्ने वर्ग आफै किनारा लाग्ने तथा परम्परा र आधुनिकता एकअर्काका परिपूरकका रूपमा अस्तित्वमा रहने निश्चित छ । नमस्ते गर्नु पाखे हो हात मिलाउन सभ्य हो भन्ने कथित नेपाली शिक्षित समाजको मानसिकतामा वर्तमान महामारीले अभिवादनमा सर्वश्रेष्ठ विधि नमस्कार पो रहेछ भनेर परिवर्तन ल्याएझैं समयक्रम र सत्प्रयासले हाम्रा परम्परागत अभ्यासहरू, आयुर्वेद जडीबुटी आधारित चिकित्सा पद्धति र खानपिन सर्वश्रेष्ठ रहेछ भनेर प्रमाणित हुने निश्चित छ । तसर्थ प्रधानमन्त्रीबाट पूर्वीय पद्धतिको पक्षमा व्यक्त अभिव्यक्तिहरूलाई संस्थागत गर्नु आजको अपरिहार्य आवश्यकता हो । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

आयुर्वेदका अनुसार बिर्सेर पनि सँगै नखानुहोस् यी खानेकुरा, बन्छ विष समान

आयुर्वेदका अनुसार यस्ता थुप्रै पेय पदार्थ छन् जुन सँगै खाँदा हाम्रो स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ । आयुर्वेदका अनुसार खाना र खाने समयको सही तरिकाले पालना गर्दा यो निकै लाभदायी साबित हुन्छ । तर केही खानेकुरा सँगै खाँदा त्यसले शरीरमा नकारात्मक असर पनि पुर्याउन सक्छ । आउनुहोस् यसबारे जानकारी लिऔं ।घ्यू र महःघ्यू र मह एकैपटक...