बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगन्ज सिधा हवाइ उडान थालेको छ । अबदेखि सातामा ३ दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतम बरालका अनुसार अहिले १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको हो ।