नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धमा छलफल हुने एजेण्डा छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने छ ।सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँ