काठमाडौँ– ‘मिस युनिभर्स नेपाल–२०२२’ मा समलिंगी युवतीले पनि सहभागिता जनाउन पाउने भएका छन्। आयोजक उमंग क्रियसनका अनुसार यस वर्षदेखि समलिंगी युवती पनि मिस युनिभर्स नेपालमा सहभागी हुन पाउने व्यवस्था गरिएको हो। अन्तर्राष्ट्रिय स्तरमा सन् २०१२ देखि नै यो व्यवस्था गरिएको भए पनि नेपालमा भने पहिलो पटक समलिंगीलाई सहभागी गराउन लागिएको आयोजक उमंग क्रियसनले जनाएको छ। […]