काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरीक्षण हुनुपर्ने बताएका छन्।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखाव्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक विमुख हुन नहुने धारणा राखे।कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर