ललितपुर, कुसुन्तीका प्रवीण खत्रीको मृत्यु टाउकोमा नजिकैबाट गोली लाग्नाले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। टिचिङ अस्पताल महाराजगन्जको फोरेन्सिक ल्याबका वरिष्ठ चिकित्सक डा. हरिहर वस्तीले 'घाउको प्रकृति हेर्दा नजिकैबाट गोली प्रहार भएको' जानकारी दिए। फोरेन्सिक ल्याबले खत्रीको पोस्टमार्टम रिपोर्ट ललितपुर प्रहरीलाई बुझाइसकेको छ। 'हामीले टाउकोमा गोली भेटेनौं,' डा. वस्तीले सेतोपाटीसँग भने, 'नजिकैबाट गोली हानिएकाले दायाँ कन्चटबाट छिरेको गोली…