तुलसीपुर : दाङमा गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जङ्गलमा सिकार खेल्न गएकामध्ये एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ।गोली लागेर लमही नगरपालिका-१ का २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको हो। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ।घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। लमही-१ निवासी २८ वर्षीय नीमबहादुर घर्ती मगर, ४० वर्षीय जीवलाल घर्ती मगर, २४ वर्षी