एजेन्सी। इजरायली सेनाको हवाई हमलामा शनिबार गाजा सहरमा रहेको एक बहुतल्ले भवन ध्वस्त भयो। त्यसमा एसोसियटेड प्रेस(एपी)का साथै अन्य मिडिया कार्यालय पनि थिए। इजरायली सेनाको चरमपन्थी हमाससँग लडाइँ भइरहेको र त्यसबारे सूचना सार्वजनिक हुन नदिने उद्देश्यले मिडिया कार्यालय रहेको भवनमा आक्रमण भएको बताइएको छ। एपी, अल–जजिरालगायतका मिडिया कार्यालय रहेको उक्त भवन सेनाले एक घण्टाअघि खाली गर्न आदेश दिएको थियो।