लर्ड बुद्ध एजुकेसनका  एक सय ५० विद्यार्थी दीक्षित

सूचना प्रविधिसम्बन्धी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्ड बुद्धबाट...

सम्बन्धित सामग्री

लर्ड बुद्ध एजुकेसनले रजत जयन्ती मनायो

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले रजत जयन्ती मनाएको छ। सूचना प्रविधिका विषय अध्यापन गराउँदै आएको फाउन्डेसनबाट २५ वर्षको अवधि १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।...

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औं रजत जयन्ती मनायाे

काठमाडौं । सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औँ रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो । आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिले सम्म १२ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । फाउन्डेशनले […]

सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति : उपराष्ट्रपति

काठमाडौं। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । उक्त अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको बताएका छन् । नेपालको सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उनले उक्त संस्थाको प्रशंसा गरे । ‘हाम्रो भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ, पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल पनि भएका छन्,’ उनले भने, ‘नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजीक्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले निर्वाह गरेको भूमिका अतुलनीय छ ।’ रजत जयन्तीका अवसरमा फाउन्डेशनमा २ दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति यादवले सम्मान गरेका थिए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले फाउन्डेशनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरिन् । फाउण्डेशनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउँदै भन्ने सरकारको नीतिलाई व्यावहारिक कार्यान्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवालाई विदेशिनबाट रोक्ने संस्थाको उद्देश्य रहेको उनको भनाइ थियो । २५ वर्ष अगाडि सूचना प्रविधि लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दीर्घकालीन सोच बनाएको उनको भनाइ छ । आईटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउन्डेशनबाट अहिलेसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेको बताइएको छ । फाउन्डेशनले हालसम्म १० हजार महिलालाई नि:शुल्क कम्प्युटर तालीम र सातै प्रदेशमा एक–एक जना किशोरीलाई प्रत्येक वर्ष नि:शुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । यस संस्थाले स्नातक र स्नातकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको बताइएको छ ।

लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो रजत जयन्ती

काठमाडौँ- लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले रजत जयन्ती मनाएको छ । सूचना प्रविधि क्षेत्रको पहिलो कलेजका रुपमा २५ वर्ष अगाडि फाउन्डेशनको स्थापना भएको थियो । आईटी विषयमा स्नातोकोत्तरसम्म अध्यापन हुने फाउन्डेशनबाट हालसम्म १२ हजारभन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् । फाउन्डेशनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई […]