हिमालयन हाइड्रोपावरको आइपिओ मंगलबार बाँडफाँट हुने

हिमालयन हाइड्रोपावर कम्पनीको आइपिओ २८ असारमा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार (२८ असार) बिहान ८.३० बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको हो । हिमालयन हाइड्रोपावरको आइपिओमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । जसमा एक लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ३२ हजार ८०२ जनाले एक करोड ८४ लाख ८८ हज

सम्बन्धित सामग्री

नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६  हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट  ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।

मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंगलबार शेयर बाँडफाँट गरेको हो।  मैलुङ खोलाको आईपीओका लागि २० लाख ६७ हजार ९६७...