नेपाली काँग्रेसको मतगणना सुरु गर्नुअघि विवाद देखिएको छ । भृकुटीमण्डपबाट पार्टी कार्यालय सानेपामा लगेर राखिएको मतपेटिका डबल सिलबन्दी नगरेको पाइएको भन्दै विवाद भएको हो । उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीका प्रतिनिधिले मतपेटिका शंकास्पद देखिएको भन्दै विवाद सिर्जना गरेका हुन् । उनीहरुले आफूहरु यसबारे आश्वस्त हुन नसकेसम्म गणनास्थलमा बस्न नसक्ने भन्दै बाहिरिएका छन् । त्यसपछि निर्वाचन समितिले उम्मेदवार चन्द्र भण्डारीलाई नै छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले