अर्घाखाँची : झिमरुक नदीमा आएको बाढीका कारण अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ। उक्त पुलले प्युठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका-७ चिउरेखोला जोड्छ।
चार दिनदेखिको निरन्तर वर्षा र त्यसपछि आएको बाढीले पुलको पिल्लर बगाइदिएको सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण केसीले जानकारी दिए।
उनले भने, ’चार दिनअघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ।’
इन्जिनियर केसीका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढला...