बाढीले अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पुल भत्कायो

अर्घाखाँचीको च्याउरेखोला र प्युठानको माझिदमार जोड्नका लागि बनाउदै गरेको पुल भत्किएको छ । ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको हो । लगातारको अविरल वर्षाका कारण झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हो । चार दिन अगाडि मात्रै ढलान भएको ७० मिटर लामो उक्त मोटरेबल पुलको ३५ मिटर […]

सम्बन्धित सामग्री

अर्घाखाँची र प्युठान जोड्ने पक्की पुल बाढीले भत्कायो

अर्घाखाँची : झिमरुक नदीमा आएको बाढीका कारण अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ। उक्त पुलले प्युठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका-७ चिउरेखोला जोड्छ। चार दिनदेखिको निरन्तर वर्षा र त्यसपछि आएको बाढीले पुलको पिल्लर बगाइदिएको सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण केसीले जानकारी दिए। उनले भने, ’चार दिनअघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ।’ इन्जिनियर केसीका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढला...