आजको मौसम : चिसो बढ्दै, हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको छ।  तराईका भू-भागहरूमा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको  महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।बुधबार देशको पहाडी भू-भागमा आंशिक बद

सम्बन्धित सामग्री

प्रदेश-१ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको सम्भावना

काठमाण्डाै - आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यस्तै, अहिले तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । हिमपात र हुस्सु कुहिरोका कारण  देशभर चिसो बढ्दै गएको छ । मौसम आंशिकदेखि सामान्य बदली भइरहे पनि पानी पर्न भने सकेको छैन । नेपालमा अहिले भार...

तापक्रम निरन्तर घट्ने क्रममा

काठमाडौं : देशभर चिसो बढ्दै गएको छ। सबैजसो क्षेत्रमा न्यूनतम तापक्रम घट्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको सबैभन्दा कम विन्दुमा झरेको छ।  बिहानको तापक्रम ९ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ। तापक्रम घट्दै जाँदा हिमाली भू–भागका हिमपात हुन थालेको छ। शनिबार पनि केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउन उसले आग्रह गरेको छ। शनिब

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, सावधानी अपनाउन अनुरोध

मंसिर २५, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । शुक्रवार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री थियो ।             न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।             आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।             मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २० दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

देशभर चिसो बढ्दै : वर्षा र हिमपातको सम्भावना

मंसिर १७, काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । शुक्रवार काठमाडौंको न्यूनतम १० दशमलव ८ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।            महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।            रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।             शनिवार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आइतवार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  रासस

आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ ।  अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आज सामान्य बद्ली हुने सम्भावना छ । अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । पानी पार्ने प्रणाली नभएकाले केही दिन ठुलो पानी पर्ने सम्भावना छ । देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ । ...