सर्वोच्चका अधिकांश न्यायाधीश इजलासमा : सुनुवाइ न्यून
सर्वोच्च अदालतमा मङ्गलवार अधिकांश न्यायाधीशले बन्दी प्रत्यक्षीकरण सबै खाले मुद्दामा सुनुवाइ प्रारम्भ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार पछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो । […]
काठमाडौँ – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ । निलम्बनमा परेको गभर्नर अधिकारीले सरकारविरुद्ध दायर गरेको रिटको सुनुवाइ मंगलबार हुँदैछ। आफूमाथि अवैध रुपमा सरकारले कारवाही प्रक्रिया सुरू गरेको भन्दै निलम्बित गभर्नर अधिकारी सर्वोच्च पुगेका हुन् । सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको […]
सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । दशवटा इजलासमा नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलास बसेको छैन । बाँकी सबै इजलासमा सुनुवाइ भएको छ ।
न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशहरु मीरा खड्का र सुष्मालता माथेमा, न्यायाधीशहरु हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, न्यायाधी...
काठमाडौँ– सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा नियमित इजलासमा फर्किएका हुन् । यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट अन्य मुद्दाको पनि सुनुवाइ शुरु गरेका हुन् । करिब […]
काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीशसँग असन्तुष्ट भएका न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी इजलासमा फर्किएका हुन् । उनीहरूको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।
३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको छ । न्यायाधीश कुमार चुडाल र मंगलबार नियमित मुद्दाको सुनुवाइमा फर्किएका चार न्यायाधीशले सोमबार […]
काठमाडौं : संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्। कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्