गुल्मी : गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटना परेका छन्।गुल्मीको मुख्य सडक रिडी तम्घास सडक अन्तर्गत सडक दुर्घटना न्यूनीकरण गर्न राखिएका १४ वटा सडक ऐनाहरू मध्ये ११ वटा सडक ऐना दुर्घटना परेका छन् भने तीन वटा मात्रै सकुशल छन्।११ वटा ऐना मध्ये केही फुटेका छन् भने केहीको नाम निसाना नै छैन। सडक डिभिजन कार्यालय पाल्पाले तम्घास–रिडी सडकमा आर्थिक वर्ष २०७२/७३ को आर्थिक वर्षमा १४ स्थानमा सडक ऐना राखेको थियो। कुनै ऐना राखेको हप्ता दिन नबित्दै हराए भने