पार्टी विवाद समाधान गर्न एमालेले गठन गरेको कार्यदलले अविश्वास असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिबाट आग्रह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलवार बसेको कार्यदलको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्ने निर्णय गरेको कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए ।
‘बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने सहमति गरेको छ । पार्टीमा देखिएका समस्या थयोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अगाडि...